• होमपेज
  • समाज
  • कर्णाली र शुदुरपश्चिमका पहाडि जिल्लामा चरम औषधि अभाब

कर्णाली र शुदुरपश्चिमका पहाडि जिल्लामा चरम औषधि अभाब

  • सोमवार, कार्तिक १५, २०७८
कर्णाली र शुदुरपश्चिमका पहाडि जिल्लामा चरम औषधि अभाब

बाजुरा–कर्णाली र शुदुरपश्चिमका पहाडि जिल्लामा औषधिको चरम अभाब भएको छ । बर्षातले सडक अबरोध भएपछि शुदुरपश्चिम प्रदेशका बाजुरा, बझाङ्ग, बैतडी, दार्चुल्ला र कणर्ाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा औषधिको अभाब भएको छ ।
बैमौसमि बर्षाले बाजुराको मार्तडी कोल्टि, हुम्ला बाजुराको पुर्वोउत्तरी, मुगु जोडने कणर्ाली राजमार्ग अबरोध भएपछि ति जिल्लामा औषधिको अभाब भएको हो । बर्षाले सडक अबरोध भएपछि बाजुरामा लगायत कर्णाली प्रदेशका हिमाली जिल्लामा साउन देखि औषधि अभाब रहेको छ । बाजुरामा पनि बर्षात शुरु भएदेखि साउन बाट औषधि अभाब भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताए ।
बाजुरा जिल्लाका सबै स्वास्थ्य सस्थाहरुमा औषधीको अभाव भएको छ । जिल्लामा लामो समय देखी सडक यातायता अबरुद्ध हुदा जिल्लाका सबै स्थानीय तहमा रहेका स्वास्थ्य सस्थाहरुमा औषधी अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका पन्तले वताए । हुम्लाको ताजाकोट गाउँपालिका सबै स्वास्थ्य संस्थामा औषधिको अभाब रहेको छ, उपचार तथा औषधि किन्नका लागि दुईदिन लगाएर बाजुराको कोल्टिमा निजि मेडिकलमा धाउने गरेको स्थानिय धनजित रोकायाले वताए ।
जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा बितरण गरिने औषधीहरु सडकको समस्याका कारण ढुवानीमा समस्या आएकोले अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले वताए । हाल जिल्लाका स्वाथ्य संस्थामा अभाव रहेको औषधी स्वास्थ्य संस्थामा अभाव भएको उनले बताए ।
स्वास्थ्य संस्थामा औषधिको अभाब भएपछि निजि मेडिकलमा महँगो औषधि किन्ने गरेका छन् । स्वास्थ्य चौकिमा चेकजाँच मात्र हुने गरेको औषधि किन्न भने निजि मेडिकलमा जानुपर्ने बाध्यता रहेको कोल्टिका स्थानिय हिकम्त वडले वताए । सरकारी संस्थामा औषधिको अभाब भएपछि निजि मेडिकलले मनोमानी रुपमा मुल्य लिने गरेका छन् ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा ७० प्रकारका औषधीहरु बितरण गर्ने गरेको छ । सो मध्य अत्याआबस्यक औषधीहरु सबै भन्दा बढि अभाव भएको स्वास्थ्य संस्थाहरुले जनाएका छन । सरकारले स्वास्थ्य संस्थाहरुमा ७० प्रकारका औषधीहरु निशुल्क दिने गरेको भए पनि अहिले सो औषधीहरु नभएका कारण बिरामीहरुलाई दिन नसकेको स्वास्थ्य संस्थाहरुले जनाएको छ । जिल्लामा अक्सोटमी, एन्टीभाईटीक, एन्डमोण्डझोल जिवनजल लगायतका अत्याआबस्यक औषधी पनि नभएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाका सबै स्वास्थ्य संस्थालाइ आफ्नो संस्थामा अभाव देखिएको नेपाल सरकारद्धारा बितरीत औषधी ढुवानीमा समस्या हुनुका साथै अब ढुवानीका लागि पैशाको समेत अभाव भइसकेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । यस अघि असार पहिलो साताबाट बाजुराको सडक अबरोध भएका कारण कोरोनाको भ्याक्सीन ढुवानी गर्दा जिल्लामा आएको ढुवानीको पैशा समेत सकिसकेकोले थप समस्या हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले वताए ।
हुम्ला, मुगु र कालिकोटका सदरमुकाममा औषधिको अलि अलि भएपनि ग्रामिण क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा भने निकै अभाब रहेको स्वास्थ्यकर्मीले वताए । बिरामीको चेकजाँच मात्र गर्ने गरेका छौ, औषधि किन्न निजिमेडिकल पठाउने गरेको मुगुका एक स्वास्थ्यकर्मीले वताए ।

चर्चामा

सम्बन्धित समाचार