• होमपेज
  • समाचार
  • शिसामा च्यापिएर कामदारको मृत्यु

शिसामा च्यापिएर कामदारको मृत्यु

  • बुधबार, कार्तिक १०, २०७८
शिसामा च्यापिएर कामदारको मृत्यु

पर्सा — वीरगंज महानगरपालिका-१५ वाईपासस्थित मनिष अग्रवालको गोदाममा एचआर ५८ ए ३७७१ नम्बरको भारतीय ट्रकबाट शिसा अनलोड गर्ने क्रममा शिसामा च्यापिएर सोही महानगरपालिका-१९ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साह तेलीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

शिसाले च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै भएको मृत्यु हो । हाल फरार रहेका ट्रकका चालक र  सहचालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार