• होमपेज
  • समाचार
  • कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

  • मङ्लबार, कार्तिक ९, २०७८
कस्तो रहनेछ आजको मौसम ?

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ

चर्चामा

सम्बन्धित समाचार