• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा सार्वजनिक सवारीमा लगाइएको ‘क्यु फ्री’ हट्यो

सुदूरपश्चिममा सार्वजनिक सवारीमा लगाइएको ‘क्यु फ्री’ हट्यो

  • शनिबार, अशोज ३०, २०७८
सुदूरपश्चिममा सार्वजनिक सवारीमा लगाइएको ‘क्यु फ्री’ हट्यो

धनगढी : सुदूरपश्चिममा सार्वजनिक सवारीसाधनमा लगाइएको क्यु फ्री हटाइएको छ। तीन दिनसम्म क्यु फ्रीमा सवारी सञ्चालन गरिएकोमा आजदेखि क्यु फ्री हटाइएको हो। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाका अनुसार आजदेखि पु्रानै रुट र समयअनुसार सवारीसाधन सञ्चालन भएका हुन्।

‘असोज २७ गतेदेखि लामो र २८ गतेदेखि छोटो दूरीमा क्यु फ्रीमा सवारीसाधन स१चालन गरिएको थियो,’ सापकोटाले भने, ‘आजदेखि पुरानै तालिकाअनुसार सवारी सञ्चालन गरिन्छ।’ अन्य यातायात प्रालिहरुले पनि आजदेखि क्यु फ्री हटेको बताएका छन्।
सुन्दर सुदूरपश्चिम, रिभरसाइड, खप्तड मालिका, महाकाली, उग्रतारा लगायतका यातायात प्रालिहरुले तीन दिनसम्म सवारीसाधन क्यु फ्रीमा छोडेका थिए। क्यु फ्रीमा न्यून सार्वजनिक सवारीका साधन मात्रै सञ्चालन हुँदा तीन दिनसम्म आवतजावतमा निकै सास्ती भएको थियो।

चर्चामा

सम्बन्धित समाचार