• होमपेज
  • समाचार
  • पिङको लठ्ठा बाँध्ने क्रममा लडेर ज्यान गयो

पिङको लठ्ठा बाँध्ने क्रममा लडेर ज्यान गयो

  • मङ्लबार, अशोज २६, २०७८
पिङको लठ्ठा बाँध्ने क्रममा लडेर ज्यान गयो

हेटौंडा —  पिङको लठ्ठा बाँध्ने क्रममा लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका–६ माण्डुका ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।

पिङको लठ्ठा बाँध्ने क्रममा सोमबार बेलुका ६ बजे लडेका लामालाई उपचार गर्न हेटौंडा अस्पताल पुर्याइएको थियो । उनको गएराति १० बजेतिर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार