• होमपेज
  • समाचार
  • बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • मङ्लबार, अशोज २६, २०७८
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया — बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय जनकबहादुर थारु छन् ।

सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो ।

खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो ।

चर्चामा

सम्बन्धित समाचार