शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • समाचार
  • रुकुम पश्चिममा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

रुकुम पश्चिममा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

  • आइतवार, अशोज २४, २०७८
सेयर गर्नुहोस् :
रुकुम पश्चिममा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

रुकुम — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान करिब ३ बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

ग १ ज ४४५४ नम्बरको जिप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। दुर्घटनामा हुँदा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए।

दुर्घटनामा परी सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नम्बर १० का २९ वर्षीय तिलक खड्का घाइते भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए। उनीहरुको अवस्था सामन्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ। दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी निरीक्षक शर्माले बताए।

चर्चामा

सम्बन्धित समाचार