• होमपेज
  • समाचार
  • सुदूरपश्चिमका वरिष्ठ पत्रकार चन्दको निधन

सुदूरपश्चिमका वरिष्ठ पत्रकार चन्दको निधन

  • बुधबार, अशोज २०, २०७८
सुदूरपश्चिमका वरिष्ठ पत्रकार चन्दको निधन

धनगढी — सुदूरपश्चिमका वरिष्ठ पत्रकार रामबहादुर चन्दको बुधवार निधन भएको छ। ललितपुरको भैसिपाटीस्थित घरमा बस्दै आएका चन्दको ९५ बर्षको उमेरमा निधन भएको हो।

बैतडीको तत्कालिन चौखाम गाबिस (हालको सिगास गाउँपालिका)मा जन्मिएका चन्द लामो समयदेखि बिरामी अवस्थामा थिए। महेन्द्रनगरमा बसेर लामो समय पत्रकारिता गरेका चन्दलाई प्रेस काउन्सिल नेपालले ‘प्रेस स्वतन्त्रता सेनानीको’ सम्मानसमेत प्रदान गरेको थियो। सुदूरपश्चिमको पत्रकारिताका खम्बा मानिने चन्द लामो समय बामपन्थी आन्दोलनमा समेत सक्रिय थिए। चन्दले पहिलो पटक महेन्द्रनगरमा २०२६ सालमा महाकाली सन्देश पाक्षिकबाट पत्रकारिताको औपचारिक यात्रा प्रारम्भ गरेका थिए। २०३३ सालमा साप्ताहिक वार्ता र २०४९ मा जनवार्ता अर्ध साप्ताहिकमार्फत उनले सुदूरपश्चिमको पत्रकारितामा योगदान पुगाएको बताईन्छ।

चन्दको निधनमा पत्रकार, आफन्तलगायतले शोक ब्यक्त गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार