सुरेशकुमार पान्डे — को हो त्यो एकता समाजको मान्छे जस्ले हाम्रो सिकार खोस्ने दुसशहाश गय्रो?चक्रे बाहिर रनफन्निएको थियो।मणि भन्छन त्यसलाई!आफुलाई ठुलो नेता सम्झिन्छ त्यसले!डल्लेले रौसिका प्याक बनाउँदै चक्रेलाई भन्छ।बाहिर बुद्धिले दाउरा चिर्दै थिए,लाउ बाजे तिमिले पनि पिउ भन्दै डल्लेले एक प्याक बुद्धिलाई पनि दिन खोज्छ!खाँदैन मैले तिमिहरुले खाउ मेरो त डिप्टिछ!भन्दै उनि आफ्नो काम मा लाग्छन।
भरखर घामले नेटो काट्दै थियो चिसोको मौसम भएकोले रात पर्नै आंटेको भान हुन्थ्यो।
बुद्धि नजिकैको एउटा कम्पनिमा काम गर्थे यो क्वटर पनि कम्पनिले दिएको थियो।यँहा उनि स-परिवरा सहित बसेका थिए।
रातिको चौकिदारी गर्नु पर्दथ्यो,त्यसै त उन्ले दिउसोमा पनि अफिसरले बोलायो भने जानु पर्थ्यो।उनि बुढा भएपछि बिए गरे अनि छोराछोरी जन्मिएका हुन त्यसैले बच्चाहरु स्याना थिए।उनि धेरै बर्ष पछि ससुराल जान थालेपछि त्यो चक्रु भन्नेले पनि तिम्रो ससुराल तिर मलाई पनि घुमाउँन बाजे भन्यो।त्यसैले उस्लाई पनि लिएर ससुराल गए पछि भर्खर फर्किएका थिए।नमिले आउँदा आफ्नो बैनिलाई पनि साथमा लिएर आएकी थिईन।त्यो चक्रु भने त्यो सानि बैनि भर्खर बाह्र तेह्र बर्षकी थिईन तिनैको पछि परेको थियो।आफु भने चालिस नाघेको मान्छे तर आफ्नो उमेरको ल्याज नगरि त्यो छोरी जस्तै बिन्तिको पछिनै परेको थियो।एक दिन त झण्डै चलाउँन खोज्दा नजिकैको बञ्चराले झंटा हानेकी थिईन बिन्तिले धन्न लागेन लागेको भए के पो हुन्थ्यो!उस्को नियत खराब देखे पछि मणिले मारे धम्कायेको थियो।त्यति बेला डल्ले मात्रै थियो।
अहिले रौसिको मातमा मणिलाई मार्ने सल्हा गर्दै थिए।
सुन डल्ले मेरो अरु यो बिन्तिको बिचमा जोसुकै आए पनि म भन्दा खतरा अरु उसको लागि कोई पनि हुँनेछैन!सम्झिस।चक्रुले डल्ले सँग भन्छ।उनिहरु दुबै जना रक्सिको नसामा थिए।बुद्धिले ए!भाई अब मेरो डिप्टी सुरु हुन्छ आफिसर आएकाछन तिमिहरु अब गैजाउ!भन्दै उनिहरुलाई जान आग्रा गर्छन अटेर गर्दा गर्दा जनतन उनि बाहिर निक्लिन्छन अनि गेटमा ताला लगाएर डिप्टी बुद्धि डिप्टी जान्छन।
उनिहरु दुबै जना मणिलाई खोज्न मणिको क्वाटरमा जान्छन त्यो दिन मणि कतै कामले गएकोले भेटाउँदैनन्।नजीकै घलेका घर गएर गले सँग मणिलाई मार्ने पिट्ने धम्कि दिन्छन।हाम्रो बिचमा एकता समाज आयो भने हामिले त्यो मणिलाई सिधाई दिन्छौँ!भन्दै गनगन गर्छन।
एउटा घलेका आफन्ति प्रने रैछ त्यो दिन त्यँही बसेछन।
भोलिपल्ट बिहानै घले मणिको घरमा पुग्छन।मणि ज्यु हजूर त्यो चक्रुको बिचमा न आउँनु होला उनिहरु धेरै खतरा मान्छे हुन।उनिहरुले त मान्छे मार्न कत्ति बेर लगाउँदैनन्!भन्दै मणिलाई डराउन दिन्छन।घले ज्यु हामि भन्दा खतरनाक अरु हुनै हक्दैनन् किन कि हामिले राम्रो काम गर्छौ।त्यसकारण जनताले हामिलाई सहयोग गर्छन,के हजूरले हामिलाई साथ दिनु हुँदैन राम्रो काम गरे? पोलिस प्रसासनले पनि हामिलाई सहयोग नगरेर एउटा गुण्डालाई त निश्चयपनि गरौन।त्यो ब्याक्तिलाई भन्नु त्यो बच्चि तिर गलत दृष्टीले हेर्नेहो भने त्यसको खिलाफ मैले एफ आई आर दर्ता गर्छु अनि बल्ल थाहा हुन्छ।म तिनिहरु सँग भोलि भेटगर्न जान्छु भन्छ।मणि संगठनको जिम्मेवार ब्याक्ति थियो।एकता समाजको मानिसलाई पिट्छु भनेर हिंड्नेहरु लाई राम्रै गरि सबक सिकाउँछु!भनेपछि घले चुपचाप त्यँहा बाट निस्किन्छ र डल्ले बसेको ठाउँमा पुग्छ।डल्ले अब मणिले तिमिहरुको खिलाफ पोलिसमा एफ आई आर गर्ने कुराछन तिमिहरु यँहा बाट छिट्टै खुरुक्कै कतै गैजाव!मणिले भोलि तिमिहरुलाई भेट्ने कुरा गर्थ्यो हुन सक्छ पोलिस समेत लिएर आउला!भन्दै उनिहरुलाई सम्झाउँछ।एफ आई आरको नाम सुन्दै उसको नसा उत्रिन्छ।
डल्ले फटा फट दौडेर चक्रु निर पुग्छ उ मस्त तास खेल्दै थियो।के भयो?अब हामि भाग्नु पर्छ!उस्को कानमा डल्लेले अलि बेर खास-खास खुस-खुस केहि भन्छ।चक्रु उठ्नै लागेको थियो उता बाट मणि ठ्याक्कै त्यँहि पुग्छ।नमस्कार मणि ज्यु चक्रु र डल्ले दुबैले हात जोडेर उभिन्छन।उनिहरु डरले थर्कमान भ एको उन्को अनुहारले प्रष्टै पारेको थियो।तिमिहरुले मलाई खोज्दै थियौ?मणिले भन्छ।होईन मणिको कुरा बिचमै काट्दै!भेट घाटको लागि मात्रै हो मणिजी फेरि भेट हौँला अहिले हामि कतै जाँदैछम भन्दै डरले थरथर परेर त्यँहाबाट भाग्छन तर फेरी त्यो सहरमा कहिले फर्केर आउँदैनन् ।