सपनामा पनि एउटैकुरा आउँछ संसारको के होला,
शंघर्षरतछन मज्दूर उनि ज्युने आधारको के होला।
साम्राज्यवादले सदियौँ देखि लुट मार मच्चाई रह्यो,
अन्तिम परिणाम उस्को त्यही ब्यबहारको के होला।
लगाउँछ गरिव जनतामा कर अनि थुपार्छ बम गोला,
बख्खैपर्छु म मानव बिहिन त्यो औजारको के होला।
उ सैतान भएर पनि आज स्वर्गमा राज गरेकै देख्छु,
मानवता बिहिन रोबट जस्तै छ सरकारको के होला।
खानका लागि पसिना बेच्न नपाएका सड्कमा छन,
गर्छन उनैको पसिनाकै दलालि र कारोबार के होला।
ठुला ठुला शिस महलमा रगत मासुको बिला लाग्दा,
आँसुको शुनामिले दुनियाँमै भए बिमारको के होला।
सुरेशकुमार पान्डे।