शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • गरिखानेलाई गास बासको आवहान

गरिखानेलाई गास बासको आवहान

  • बुधबार, भदौ १६, २०७८
गरिखानेलाई गास बासको आवहान

जब सम्म जनताको अबस्था निदान हुँदैन,
गरिखानेलाई गास बासको आवहान हुँदैन।

तब सम्म शंघर्ष चलि रहन्छ देशभित्र मेरो,
आफ्नै देशभित्र नागरिकको सम्मान हुँदैन।

अब उप्रान्त आत्मनिर्भर हुनैपर्छ हाम्रो देश,
चुप लाग्दैनौ जबसम्म देशमा जवान हुँदैन।

बिदेशीले नि दिन रात हस्तक्षेप गर्न थाल्यो,
कम्जोर हुनेछौँ जव अखण्ड सन्तान हुँदैन।

संघियता र शान्ति सँगसँगै हुनैसक्दैन यहाँ,
अशान्त रहिरन्छ संघियता अफसान हुँदैन।

बिदेशीको हस्तक्षेप रहिरहनेछ देशमै यँहा,
जबसम्म शन्तानहरुको एउटै अडान हुँदैन।

चर्चामा

सम्बन्धित समाचार