नेताहरु लाई कमिसन खाश भए पुग्छ,
आफ्नो देशको नि सत्यनाश भए पुग्छ।
जनतालाई पशु जस्तै सम्झिन्छन यिनी,
नागरिकलाई त दुःखको राश भए पुग्छ।
साम्राज्यवादलाई देशमा बोलाउँन लाई,
त्यो हथियार एम सी सी पास भए पुग्छ।
मात्रृत्व सँग कुनै सरोकार छैन नेतालाई,
ठुलठुला देशमै शुन्दर निवास भए पुग्छ।
गएको हुन्छन भारत,सुईटजर,अमेरिका,
स्वाभिमान बेच्ने लाई त दाश भए पुग्छ।
छन धेरै नेता राक्षेश रक्त पिपासु जस्ता,
आफ्नै सन्तानको पनि लाश भए पुग्छ।
सुरेशकुमार पान्डे।