कयौँ पाखण्डकानै पुजारी भएका छन,
आफ्नो मात्रृत्वका ब्यपारी भएका छन।
देशले कस्ता कस्ता सपुतहरु जन्मायो,
साम्राज्यवादकै आज्ञाकारि भएकाछन।
बिदेश पठाउँछन बलिका बोका बनाई
नेता झोले बिदेशी भिखारि भएकाछन।
हाम्रा पुर्वज धेरै वीर थिए बहादुर थिए,
किन शन्तान यस्ता लाचारि भएकाछन।
देशको हालत कस्तो भयो आज भोली,
असमान ऐन कानून जारी भएकाछन।
सियो देखि कागज सम्म बिदेशले दियो,
गफडी राजनीतिकै ब्यापारी भएकाछन।
हो एम सीसीको जस लिन नेताहरु यँहा,
सडक र सदनमा मारा मारी भएकाछन।
सुरेशकुमार पान्डे।