• होमपेज
  • बुढिनन्दा
  • सत्ता र शक्तिमा हुँदा पनि शैक्षिक तथा भौतिक सुधार हुन नसकेको बुढीनन्दा क्याम्पस

सत्ता र शक्तिमा हुँदा पनि शैक्षिक तथा भौतिक सुधार हुन नसकेको बुढीनन्दा क्याम्पस

  • मङ्लबार, साउन २६, २०७८
सत्ता र शक्तिमा हुँदा पनि शैक्षिक तथा भौतिक सुधार हुन नसकेको बुढीनन्दा क्याम्पस

विकसित देशहरुमा आवश्यकता र सिष्टमका आधारमा विकासले गति लिन्छ,भने विकासशिल देशहरुमा जिम्वेवार व्यक्ति शक्ति केन्द्रमा वा शक्ति केन्द्रको पहुँचमा भएमा त्यो ठाँउको आर्थिक,भौतिक र शैक्षिक विकासले गति लिन्छ भनेर सबैले आशा गरिरहेका हुन्छन्।तर बुढीनन्दा क्याम्पसको हकमा माथि उल्लेखित दुइटै सिष्टमले काम गरेको देखिदैन।बुढीनन्दा क्याम्पस संचालक समितिका अध्यक्ष बलदेव रेग्मी वि.स.२०६३ यता जनप्रकाश उ.मा.वि.को वि.व्य.स.अध्यक्ष,ने.क.पा.एमालेको दुई पटक पार्टी सचिव¸जिल्ला शिक्षा समितिको सदस्य हाल प्रदेश सभा सदस्यमा बहाल हुनु हुन्छ।तर क्याम्पस र विद्यालयको अवस्था कहाली लाग्दोछ। विकास गर्नका लागि इच्छाशक्ति र इमान्दारिता भयो भने त्यो ठाँउको विकास सजिलै गर्न सकिन्छ भन्ने उदाहरण वि.स.२०६५ सालमा एस.एल.सी परिक्षामा सामेल भएको डोल्पाको शेफोक्सुन्डो गाउँपालिका-८,साइजलमा रहेको तापिरिचा माद्यमिक विद्यालय कर्णाली प्रदेशको नमूना विद्यालय डोल्पाका एक जना सेन्दुक लामाको हुटहुटीले बनाउन सफल हुनु भयो।डोल्पाकै पुग्मो गाउँमा जन्मे हुर्कैका लामाले सदरमुकाम दुनैको सरस्वती मा.वि.बाट एस.एल.सी.दिएर शिक्षकको जागिर खान दौडदुप गरे तर पाएनन् अनि रिग्मो गाउँमा घुम्ति पशल चलाउन थाले।पशल चलाउदै उनले गाउँको विद्यालय सुधार गर्नु पर्छ भन्ने लागेर पुग्मोका पन्ध्र जना विद्यार्थी ल्याएर शेफोक्सुन्डो राष्ट्रिय निकुन्जको सुम्दुवामा रहेको खाली भवन बाट विद्यालय शुरु गरे आज त्यहि विद्यालय कर्णाली प्रदेशको नमूना विद्यालय भन्न सफल भयो ।

No description available.

बाजुरा जिल्लाको पुर्वि उत्तरी क्षेत्रका साविकका एघार गाविस लगायत हुम्ला,मुगु र कालिकोटका कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हाँसिल गर्न जिल्ला बाहिर जान नसक्ने बिपन्न गरिवका छोराछोरीले सर्वसुलव र गुणस्तरीय रुपमा उच्च शिक्षा प्राप्त गरुन भन्ने उद्धेश्यले कुण्डा क्षेत्रका बुद्धिजीवि,शिक्षा प्रेमी,शिक्षक,कर्मचारी,राजनीतिज्ञ र व्यापारीहरुको प्रयास र पहल बाट वि.स.२०६३ सालमा स्थापना भएको बुढीनन्दा क्याम्पसले स्थापना कालका चौध बर्ष पार गरि सकेकोछ ।यस अवधिमा क्याम्पसले गरेका शैक्षिक,भौतिक र आर्थिक उपलब्धि के कति भएका छन,भनेर सबैको चासोको बिषय बनिरहेको अवस्थामा विभिन्न सरोकारवाला व्यक्ति र निकाय संग सोधपुछ¸प्रत्यक्ष अवलोकन,भेटघाट र सम्पर्कका आधारमा यो आलेख तयार पारेकोछु ।

त्रिभुवन विश्व विद्यालय बाट वि.स.२०६३ सालमा अनुमति लिएर वि.स.२०६४ साल बाट बुढीनन्दा क्याम्पसमा मानविकि संकायमा समाजशास्त्र¸अंग्रेजी,नेपाली र जनसंख्या बिषयको पठनापाठन र वि.स.२०६७ बाट शिक्षा संकायमा अंग्रेजी,नेपाली, जनसंख्या,गणित र शिक्षा बिषयको पठनपाठन वि.स.२०७६ फाल्गुण सम्म पार्ट टाइम शिक्षक बाट संचालन गरिएको थियो।क्याम्पस संचालनताका श्री जनप्रकाश उ.मा.वि.का वहालवाला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलदेव रेग्मीको अध्यक्षतामा केहि सदस्य थपघट गरेर क्याम्पस संचालन समिति गठन गरियो।क्याम्पस संचालन नियमावली अनुसार क्याम्पसको अध्यक्ष हुनका लागि स्तातक तह उतिर्ण गरेको हुनु पर्ने कानुनी व्यवस्था भएपनि बुढीनन्दा क्याम्पसको हकमा त्यो लागु भएको देखिदैन।त्यो बेला उक्त समितिलाई तदर्थ समितिका रुपमा काम गर्ने जिम्वेवारी दिइएको थियो।कानुनतह क्याम्पस संचालक समितिको पदावधि तिन बर्षको भएपनि तदर्थ समिति चौध बर्ष सम्म फेरबदल भएको पाँइदैन।क्याम्पस संचालनका लागि संरक्षक,सल्लाहकार र संचालक समिति गठन हुनु पर्ने,क्याम्पस संचालक समितको बैठक हरेक तिन महिनामा एक पटक बस्ने र आवश्यक परेमा जुनसुकै समयमा पनि बस्नेछ।क्याम्पस प्रमुखको जिम्वेवारी हरेक तिन महिनामा क्याम्पसको आर्थिक विवरण क्याम्पस संचालक समितिमा पेश गर्ने।कार्यक्रम संयोजक र विभागिय प्रमुखको नियुक्ती गर्ने क्याम्पस संचालन नियमावलीमा स्पष्ट रुपमा संस्थागत कार्यमा व्यक्तिगत हित हुने गरि कार्य गर्न पाइने छैन र क्याम्पसको विकास र हितलाई सर्वोपरि प्राथमिकता दिनु पर्नेछ भनेर स्पष्ट रुपमा उल्लेख गरिएको भएपनि बुढीनन्दा क्याम्पसको हकमा त्यो लागु भएको देखिदैन ।

No description available.

बुढीनन्दा क्याम्पसको संचालक समितिले समुदायको मन जितेर निरन्तरता पाप्त गरेको हो,नत काम देखाएर,खाली ठाँउ ओगटेर समितिले क्याम्पसको दबनाम गर्ने काम गरिरहेको छ।क्याम्पस संचालक समितिका अध्यक्ष माननिय बलदेब रेग्मी बुढीनन्दा क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पस बनाउनका लागि पहल भइरहेको कुरा सर्वसाधारण माझ बताइ रहनु भएकोछ।त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन त्यति सजिलो छैन।जुन कैलाली बहुमुखी क्याम्पसको भौतिक सम्पति अर्बौ बराबर करोडौ रुपैंया त्रिभुवन विश्वविद्यालयलाई बुझाइ रहँदा त आंगिक बन्न नसकेको अवस्थामा बुढीनन्दा क्याम्पसलाई आगिंक बनाउछु भन्नु सर्वसाधारण जनतामा भर्मको खेति बाहेक अरु केहि हुन सक्दैन।संगै स्थापना भएका बाजुरा क्याम्पस र बडिमालिका क्याम्पसले स्नातकोत्तरको पठनपाठन,बिषयगत उपप्राध्यापकको भर्ना,विभागिय प्रमुखको नियुक्ति,छात्रबास,पुस्तकालय,कम्पुटर ल्याव स्थापना,प्राविधिक धारको पठनपाठन सुचारु सयौ विद्यार्थीले उच्च शिक्षा प्राप्त गर्नुका साथै सुदुरपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस भइसक्दा बुढिनन्दा क्याम्पसले बिषयगत उपप्राध्यापक र क्याम्पस प्रमुख भर्ना गर्न सकिरहेकोछैन ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २६ मा निजी क्षेत्रमा क्याम्पस संचालन गर्न पाँउने व्यवस्था गरिए बमोजिम बुढीनन्दा क्याम्पस संचालनमा आएको र उक्त क्याम्पस संचालन ऐनमा गरिएका केहि व्यवस्थाहरु निम्न बमोजिम रहेकाछन् ।
क्याम्पसको उद्धेश्य
1. न्युनतम शुल्कमा सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्ने ।
2. अनुशासित,मर्यादित र प्रशिक्षित दक्ष जनशक्ति उत्पादन गर्ने ।
3. अनुसन्धान तथा खोजमुलक कार्यमा जोड दिइ प्राज्ञिक उन्नयन गर्ने ।
4. सम्बन्धन दिने विश्व विद्यालय र उच्च शिक्षाको व्यवस्थापनको लागि जिम्वेवार निकायको नीतिलाई स्थानिय परिवेशका आधारमा लागु गर्ने ।

क्याम्पस सभाको काम कर्तव्य र अधिकार
१.क्याम्पस संचालक समितिको निर्वाचन गर्ने ।
२.क्याम्पसको शैक्षिक,आर्थिक,भौतिक आदि पक्षको विकासमा मार्गदर्शकको भुमिका निर्वाह गर्ने ।
३.क्याम्पसको विकासमा दिर्घकालिन योजना अनुमोदन गर्ने तथा दिर्घकालिन सोच बनाउने ।
४.संचालक समितिलाई आवश्यक परामर्श दिने ।

यी त भए बुढीनन्दा क्याम्पस संचालनका लागि बनाइएका नियमहरु व्यवहारमा के छ त

बुढीनन्दा क्याम्पसको संचालक समितिको विवरण
अध्यक्ष – बलदेब रेग्मी
उपाध्यक्ष – मन बहादुर बिष्ट
सदस्य – गोरख बहादुर मल्ल
सदस्य – प्रतापे आउजी
सदस्य – रेलकला बिष्ट
सदस्य – नन्द बहादुर रोकाया
सदस्य – लोकराज रेग्मी
सदस्य – गम्म महतारा
सदस्य सचिव – अनोजराज गिरी -जनप्रकाश उ.मा.वि.का प्रधानाध्यापक_
शिक्षक -शिक्षा संकाय_
टेक बहादुर भण्डारी – नेपाली
जयदेब रेग्मी -जनसंख्या
ढक्कराज गिरी -सहायक क्याम्पस प्रमुख_ – नेपाली
कर्मचारी
जनम रेग्मी – लेखापाल
सहयोगी – सिद्ध आउजी
२०७७ सालमा स्नातक तहमा भर्ना भएका विद्यार्थीहरु
मानविकी
प्रथम बर्ष – ९ जना
द्धितिय बर्ष – ५ जना
तृतिय बर्ष – ५ जना,
चौथौ बर्ष – ० गरि जम्मा – १९ जना
शिक्षा
प्रथम बर्ष – १११ जना
द्धितिय बर्ष – १३० जना
तृतिय बर्ष – ४० जना
चौथौ बर्ष – १६ जना गरि
कुल जम्मा – २९७ जना

बुढीनन्दा क्याम्पसको भौतिक अवस्था
 वि.स.२०६३ यता २०७८ बैशाख ३ गते अघि तेह्य बर्ष सम्म जनप्रकाश उ.मा.वि.को एउटा कोठामा कार्यालय र जनप्रकाश उ.मा.वि.को जिर्ण भवनमा पठनपाठन संचालन हुदै आएको।
 हाल संचालनमा रहेको क्याम्पसमा नियमित पानी र बत्तिको व्यवस्था छैन।
 क्याम्पसमा अति आवश्यक भौतिक पुर्वाधार पुस्तकालय,कम्पुटर ल्याव,डेस्क र बेन्चले पुर्णता पाँउन सकेकोछैन ।
 एउटै उपभोक्ता समिति मार्फत निर्माण कार्य सम्पन्न गरिएका क्याम्पसका दुइ वटा नयाँ भवन प्रदेश सरकारको अनुदानमा ५०/५० लाखमा निर्माण गरिएका भएपनि पर्खाल चर्किनुका साथै छत बाट पानी चुहिन थालेको।
 जंग कुमार गिरीले निर्माण गरेको क्याम्पसको भवन गुणस्तर हिन र उपयोग विहिन अवस्थामा रहेको ।
 विश्व विद्यालय अनुदान बाट आएको रकमले बनाइएका भौतिक संरचना गुणस्तर हिन,चुहिने र क्याम्पसको प्रयोगमै ल्याउन नसकिने गरि बनाइएका ।
 क्याम्पस भवनमा विद्युत र आकर्षक कक्षाकोठा र खेल मैदान नहुँदा विद्यार्थीहरुको पठनपाठनमा रुचि नहुनु ।
 क्याम्पसको नाममा खरिद गरिएका सामानहरुको जिन्सी श्रेष्ता चुस्त दुरुस्त नराखिएको
क्याम्पसको शैक्षिक अवस्था
 वि.स.२०६४ देखि वि.स.२०७७ सम्म क्याम्पसमा विद्यार्थी भर्ना उल्लेख्य मात्रामा भएपनि दुइ वटा संकायमा गरि जम्मा १० जना विद्यार्थीले स्नातक पास गरेका ।
 सेमेष्टर प्रणालीमा पढन समय नभएका र नियमित क्याम्पस आउन नसक्ने अधिकाँश बिद्यार्थी पढने भन्दा पनि चिट चोर्ने मनसायले भर्ना हुने गरेका ।
 परिक्षा मर्यादित नहुनु बिहारको जस्तो परिक्षा प्रणाली भएका कारण बिद्यार्थी संख्या प्रयाप्त हुनु ।
 क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रबृत्तिको व्यवस्था नहुनु छात्रबृतिका लागि अन्य दातृ निकाय संग पहल नगरिनु ।
 विद्यार्थीहरुमा नियमित क्याम्पस आएर कक्षा लिनु पर्छ भन्ने चेतना नहुनु दुई वटा संकायमा गरि तिन सय भन्दा बढी विद्यार्थी भर्ना भए पनि कक्षा लिने विद्यार्थीको संख्या अत्यन्त न्युन हुनु ।
 मानविकी संकायको पठनपाठनका लागि क्याम्पसले हाल सम्म उपप्राध्यापक नै भर्ना गरेको छैन।क्याम्पसमा मानविकी संकायको पठनपाठन नै हुदैन भने शिक्षा संकायको बर्षमा तिन महिना जति मात्र पठनपाठन हुने गरेकोछ ।
क्याम्पसको आर्थिक अवस्था
 क्याम्पसका उपाध्यक्ष मन बहादुर बिष्टको अध्यक्षतामा बसेको क्याम्पस संचालक समितिको बैठकले वि.स.२०७६ फाल्गुणमा उपप्राध्यापकको विज्ञापन गर्नुको साटो स्वंयमसेवक शिक्षकको विज्ञापन गरेर उक्त बिज्ञापन बाट ढक्कराज गिरी,जयदेब देबकोटा र टेक बहादुर भण्डारीलाई मासिक रु २८,०००। हजार पाँउने गरि नियुक्ति दिने निर्णय गरेपनि हाल सम्म नियुक्ति पत्र-पत्र नपाएको र शिक्षकले वि.स.२०७६फाल्गुण देखि वि.स.२०७७ श्रावण सम्मको मासिक रु २१,०००।हजारका दरले तलव पाएको ।संचालक समितिले शिक्षकहरुलाइ मासिक रु २८,०००। दिने निर्णय गरेको भएपनि क्याम्पसका अध्यक्षको निर्देशनमा उनिहरुले मासिक २१,०००।हजारका दरले पाएको ।शिक्षकहरु वि.स.२०७७ श्रावण पछि तलव पाँउन सकेका छैनन् ।भने बिगत एक बर्ष यता क्याम्पस संचालक समितिको बैठक बस्न सकेको छैन ।
 क्याम्पसले प्रति विद्यार्थी बार्षिक शुल्क बापत रु १०,०००।परिक्षा शुल्क रु १,०००।अभ्यास शिक्षण शुल्क रु ३,०००।र प्राट्रीकल शुल्क रु ३,०००। लिने गरेको बर्ष क्याम्पसले विद्यार्थी बाट विभिन्न शुल्क बाट रु ३० देखि ३५ लाख सम्म उठाउने गरेको र विश्वविद्यालय अनुदान आयोग बाट बर्षेनि पाँच देखि सात लाख सम्म अनुदान आउने गरेको भए पनि सो रकम कहाँ र कति छ भन्ने कुरा कसैलाई जानकारी नै छैन ।
 क्याम्पसको आर्थिक कारोबार अध्यक्ष र क्याम्पस चिपको नाममा संचालनमा रहेको र सम्पुर्ण कारोबार बैंङ्किक प्रणालीमा जान नसकेको ।
 क्याम्पसले दिने छात्रबृति,खेलकुद कोष जस्ता कुनै पनि कोष स्थापना नगरेको ।
 क्याम्पसको बजेट तर्जुमा नहुनु विभिन्न दाता बाट प्राप्त बजेट विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने कार्यमा खर्च नगरी मनोमानी ढंगले खर्च गरि बजेटको दुरुपयोग गरिनु ।
 क्याम्पस कोषको स्थापना,संचालन,प्रयोग र संरक्षण विधान तह नभएको ।
 आर्थिक पारदर्शिता नहुनु आर्थिक लेखापरिक्षण कागजी मिलेमतोमा गरिनु ।
 क्याम्पसको आय व्यय र लेखा परिक्षण कानुनी रुपमा भएपनि सार्वजनिक सुनुवाइ र सार्वजनिक लेखा परिक्षण गर्ने नगरेको ।

सुशासन र पारदर्शिता
 क्याम्पस संचालक समितिको बैधानिकता र यसले उब्जाएका समस्याका कारण क्याम्पसको दिर्घकालिन विकासमा सर्वपक्षिय सहमति जुट्न नसकेको ।
 क्याम्पस संचालक समिति सदस्यहरुमा पनि योग्य,शैक्षिक क्षेत्रको उन्नयनमा योगदान दिन नसकेको व्यक्तिहरु मनोनयन गरेको र हालका सदस्यहरु कृपापात्र मात्र क्याम्पस प्रति रुचि र चासो नभएका व्यक्तिहरुको वाहुल्यता ।
 क्याम्पस संचालक समिति तथा क्याम्पस प्रशासन बाट नीयमित अनुगमन र नीरिक्षण हुन नसक्दा क्याम्पसमा अध्यापनरत शिक्षकहरुले आ-आफ्नो बिषय पढाएको नपढाएको मुल्याङ्कन हुने नगरेको ।
 क्याम्पसलाई सुचारु रुपमा अगाडी बढाउन र सुव्यवस्थित तरिकाले संचालन,संरक्षण र सम्बर्द्धन गर्ने सर्बोच अंगको रुपमा रहेको क्याम्पस सभाको बैठक आज सम्म बस्न नसकेको ।
 तेह्य बर्ष सम्म विषयगत शिक्षक,कर्मचारी र क्याम्पस प्रमुखको व्यवस्था हुन नसकेका कारण जनप्रकाश उ.मा.वि.का प्रधानाध्यापकले क्याम्पस प्रमुखको रुपमा काम गर्दै आउनु भएको ।
 क्याम्पस संचालक समिति र कर्मचारीहरुको नीयमित बैठक बस्न नसकेको ।
 क्याम्पसलाई क्याम्पस मोडलमा नभई कम्पनी मोडलमा संचालन गर्दै आएको ।

नेपालमा स्वार्थको द्धन्दका -कन्फ्लिक्ट अफ इन्ट्रेष्ट_ बारेमा अनुसन्धान गरिरहेका किरण चापागाँइका अनुसार स्वास्थको द्धन्दलाई व्यवस्थापन गर्न हामी संग कानून,विधि र पद्धति नै छैन ।स्वार्थको द्धन्द हुने निर्णयलाई नियमन गर्ने निकाय र संयन्त्र पनि हामी संग छैन ।आफ्नो व्यवसायिक स्वार्थ बाझिन सक्ने ठाउँ यहाँ-यहाँ छ भनेर घोषणा गरेर त्यहाँबाट संलग्नता त्याग्दै त्यस्ता ठाँउको स्वामित्व र सेयर अन्यलाई हस्तान्तरण गरेमा -कन्फ्लिक्ट अफ इन्ट्रेष्ट_ को अवस्था नहुने चापागाइँको भनाइ छ ।

No description available.

‘राजनीति गर्ने हो भने आफ्नो पेशा व्यवसाय छोडेर सेवाभावले राजनीति मात्रै गर्छु भन्नु पर्यो् । ‘अहिले व्यापारी,निर्माण व्यवसायी¸उद्योगपति,स्कुल संचालक आफ्नो व्यवसायलाई मलजल गर्ने उद्देश्य राखेर राजनीतिमा आइरहेका छन।यो सर्वथा गलत हो।राजनीतिमा आएपछि व्यापार व्यवसायबाट आफूले विदा लिनुपर्छ ।नेपालमा सार्वजनिक पदमा पुगेर आफ्नो हितमा काम गर्ने प्रवृत्ति प्रचुर मात्रामा रहेकोछ । सार्वजनिक पद धारण गरेको अवस्थामा स्वार्थको द्वन्द्व हुन्छ,भने त्यस्तो काम कारोबारबाट त्यो व्यक्ति अलग हुनुपर्छ भन्ने विश्वव्यापी मान्यताछ।भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमै स्वार्थको द्वन्द्व हुने गरी कामकारबाही गर्न हुँदैन भनेर उल्लेखछ ।नेपाल त्यो महासन्धिको पक्ष राष्ट्र हो ।

बुढीनन्दा क्याम्पस र बुढीनन्दा नगरपालिकाको शिक्षाको अवस्था स्वार्थको द्धन्दका कारण शिक्षा क्षेत्र ओरालो गतिमा अघि बढिरहेकोछ।जसको कारण बाजुराको प्रदेश -क_ का माननिय बलदेब रेग्मी सुजन बोडिङ्ग स्कुलका संचालक र बुढिनन्दा क्याम्पसका अध्यक्ष हुनुहुन्छ ।उक्त सुजन बोडिङ्ग स्कुल वि.स.२०६० सालमा नर्सरी बाट शुरु भएको बोडिङ्ग २०७३ सालमा १२ कक्षा संचालन गर्न सफल भयो ।यस अवधिमा उक्त बोडिङ्ग एस.एल.सी.को नतिजमा जिल्लाकै उष्कृष्ठ ल्याउन सफल भयो र उक्त बोडिङ्गमा अध्ययन गरेका भाइबहिनीहरु अहिले डाक्टर,इन्जिनियर लगायत उच्च ओहोदामा पुगेकाछन।बुढीनन्दा नगरपालिकाका सामाजिक विकास समिति संयोजक र नगर शिक्षा समितिको सदस्य वडा नं ३¸का वडा अध्यक्ष राम बहादुर बोहरा बुढिनन्दा बोडिङ्ग स्कुलका सञ्चालक हुनु हुन्छ।बुढीनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरी जनप्रकाश उ.मा.वि.को भवन र छात्रबास निर्माणको जिम्मा लिएका व्यवसायी भएको हुनाले उहाँहरु सार्वजनिक शिक्षाको सुधारका लागि न नीतिगत निर्णय गर्नु हुन्छ नत,सार्वजनिक ठाँउमा बोल्नु हुन्छ ।त्यसैले बिगतमा जनप्रकाश प्रा.वि. हुदै उ.मा.वि. र बुढीनन्दा क्याम्पस स्थापनाका लागि श्रीलाल जैसी,सुर्य प्रशाद गिरी,ताराचन्द्र रेग्मी र जनक राज गिरीको योगदानको सबैले खुलेर तारिफ गरिरहँदा उनकै आसेपासे र भाइ छोराहरुका कारण कुण्डा क्षेत्रको शिक्षा ओरालो लागि रहेकोछ ।जसको प्रत्यक्ष प्रमाण वि.स.२०७५ सालमा जनप्रकाश उ.मा.वि.मा संचालन भएको ओभर सियरको पठनपाठन वि.स.२०७८ मा आइपुग्दा कोल्याप्स भएर भर्ना भएका विद्यार्थीले मार्तडिमा ट्रान्सफर गराएर पठनपाठन गरिरहेकाछन ।

अन्त्यमा क्याम्पसको आर्थिक,भौतिक र शैक्षिक गुणस्तर सुधार्ने हो,भने क्याम्पस संचालक समितिमा स्वतन्त्र र शिक्षा क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको छनौट गरेर क्याम्पस संचालक समितिको गठन,क्याम्पसको शैक्षिक,आर्थिक र भौतिक पक्षको सुधारका लागि स्थानिय,प्रदेश,संघ सरकार,विश्व विद्यालय अनुदान आयोग संग समन्वय र सहकार्य,क्याम्पसमा रिक्त कर्मचारी र शिक्षकको पदपुर्तिका लागि पहल,क्याम्पसको आय व्ययलाई आम भेला गराएर सार्वजनिक जनलेखा परिक्षण गराएर नैतिकताको आधारमा क्याम्पस संचालक समिति र क्याम्पस प्रमुखले सम्मान जनक किसिमले जिम्मेवारी हस्तान्तरण गरि क्याम्पसको दिर्घकालिन हित र प्रगतीका लागि सम्पुर्ण राजनीतिक दल,स्थानीय सरकार,समाजसेवि र बुद्धिजीविको सर्वपक्षिय सहयोग रहने गरि बृहत सहकार्यको लागि अगाडी बढनु पर्ने देखिन्छ ।

यी लेखकका निजी बिचार हुन लेखक आवद्ध संस्था संग कुनै सम्बन्ध छैन ।

चर्चामा

सम्बन्धित समाचार