• होमपेज
  • समाज
  • तपाईको माक्स खै भन्दै,ट्राफिक प्रहरी मल्लले गरे बझाङ्गमा माक्स बितरण

तपाईको माक्स खै भन्दै,ट्राफिक प्रहरी मल्लले गरे बझाङ्गमा माक्स बितरण

  • सोमवार, साउन २५, २०७८
तपाईको माक्स खै भन्दै,ट्राफिक प्रहरी मल्लले गरे बझाङ्गमा माक्स बितरण

अर्थ जङ्ग शाही/बझाङ्ग — कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान चलाइएको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको आनुवांशिकीमा उत्परिवर्तन भएका नयाँ स्वरूपका संक्रामक एवं खतरनाक भाइरसका कारण अहिले नेपालमा संक्रमणको तेर्सो लहर चरम उत्कर्षमा देखिँदै छ । यो लहरले नेपालको जनस्वास्थ्यका साथै आर्थिक, शैक्षिक, सामाजिक लगायतका सबै क्षेत्रमा व्यापक र गम्भीर प्रभाव पार्दै लगेको छ । समग्र मुलुक अहिले कोरोना भाइरस संक्रमणको तेर्सो लहरबाट आक्रान्त छ । सर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

जयपुथ्वी नगरपालिका -९ सिमखेतमा मास्क वितरण गरिएको हो । माक्स नलगाई हिँडडुल गर्नेलाई माक्स बितरण गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङ्गका प्रहरी सहायक निरिक्षक चक्र बहादुर मल्लले माक्स नलगाई हिडँडुल गर्नेलाई माक्स बितरण गरेका छन्। सरकारले लकडाउन हटाएपछि बजारमा मास्क प्रयोगकर्ताको संंख्या कम हुँदै गएको छ ।

यस बिषयमा थप कुरा बुझ्नका लागी हामी जिल्ला ट्राफिक कार्यलय बझाङ्गका प्रहरी सहायक निरिक्षक चक्र बहादुर मल्ललाई फोन गरेर बुझ्दा खेरी,अझ आफूले आफ्नो ब्यक्तिगत तर्फबाट फेरि पनि माक्स नलगाई हिड्डुल गर्नेलाई माक्स बितरण गर्नेछु र यसमा नगरपालिकाले पनि थप सहयोग गरेपछि झन राम्रो हुन्थ्यो होला भनेर बडिमालिका खबरलाई बताए।

चर्चामा

सम्बन्धित समाचार