बिहिबार, असार ११, २०८३
  • होमपेज
  • समाचार
  • पोखरीमा डुबेर एक जनाको मृत्यु

पोखरीमा डुबेर एक जनाको मृत्यु

  • आइतवार, साउन २४, २०७८
सेयर गर्नुहोस् :
पोखरीमा डुबेर एक जनाको मृत्यु

मोरङको सुनवर्षी नगरपालिका–९ स्थित पोखरीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा सुनवर्षी–९ का ४५ वर्षीय पतला सहनीको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सहनी शनिबार दिउँसो १२ बजेतिर नुहाउनका लागि घरबाट निस्किएका थिए ।

घरबाट निस्किएर धनकुमार सिंहको पोखरीमा नुहाउन पुगेका सहनीलाई डुबेर मृत्यु भएको अवस्थामा साँझ फेला पारिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार