• होमपेज
  • समाचार
  • मनोमानी जिपिए दिएको भन्दै,बोहोराले पोखे सामाजिक सँजालमा दुख

मनोमानी जिपिए दिएको भन्दै,बोहोराले पोखे सामाजिक सँजालमा दुख

  • आइतवार, साउन २४, २०७८
मनोमानी जिपिए दिएको भन्दै,बोहोराले पोखे सामाजिक सँजालमा दुख

अर्थ जङ्ग शाही/बझाङ्ग — शनिबार प्रकाशित भएको माध्यमिक शिक्षा परिक्षा कक्षा १० (एसईई) को नतिजामा चरम लापरबाही भएको भन्दै बझाङमा विरोध गरिएको छ ।

शिक्षकहरुले आफ्ना नजिकका र राजनितिक पहुँच भएका व्यक्तिका छोराछोरीहरुलाई बढी नम्बर दिएको भन्दै सामाजिक सञ्चाल मार्फत चर्काे विरोध गरिएको हो ।

विद्यालयमा उत्कृष्ट अंक ल्याउदै आएका विद्यार्थीका अभिभावकहरुले सामाजिक सञ्जाल मार्फत विद्यालय प्रशासनको विरोध गरेका हुन ।

जिल्लामा रहेको सत्यबादी माध्यमिक बिध्यालयमा अध्यनरत छात्रा नबिना बोहराका अभिभावक शेर बहादुर बोहराले विद्यालयमा प्रथम आउने विद्यार्थी बाहेक अरुको अंक बढी आएको भन्दै विरोध जनाएका छन । उनले छानविन गर्ने निकाय भए यसको बारेमा छानविन गरिदिन भन्दै आग्रह गरेका छन ।

नविना कक्षा ९ मा प्रथम भएकी छात्रा हुन । उनको ३.९५ जिपिए आएको छ । बिध्यालयका शिक्षक र राजनितिक पहुचँ भएकाहरुलाई ४ जिपिए दिईएको उनले बताएकी छन ।

यता विद्यालयका प्रधानाध्यापक रामदत्त उपाध्यायले केही कमजोरी भएको हुन सक्ने बताए । उनले आफु छोरीको बिवाहको लागी धनगढीमा भएका कारण हेर्न नपाएको बताए । ‘मैले बुझ्दा नविनाको जनसंख्या बिषयमा कम जिपिए आएको हुनाले अरुको भन्दा कम आएको हुन सक्छ तर अन्य बिद्यार्थी भन्दा सबै कुरामा उनी अब्बल छिन’ उनले भने ।

यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४ छ । गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरुले ९ हजार ३१९ जनाले ४ जीपीए ल्याएका थिए ।

जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६ र २०७४ मा ७४ जनाले मात्रै ४ जीपीए पाएका थिए । विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन ।

बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्याकंन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ जारी गरेको थियो ।

तर, विद्यालयहरुले कार्यविधिविपरित पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ । कार्यविधिमा विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्न सक्ने व्यवस्था थियो ।

चर्चामा

सम्बन्धित समाचार