• होमपेज
  • समाचार
  • २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

२४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

  • शनिबार, साउन २३, २०७८
२४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार