• होमपेज
  • समाज
  • बाउली खोलामा बगिरहेको बालकलाई मगरले गरे उद्धार

बाउली खोलामा बगिरहेको बालकलाई मगरले गरे उद्धार

  • शनिबार, साउन २३, २०७८
बाउली खोलामा बगिरहेको बालकलाई मगरले गरे उद्धार

अर्थ जङ्ग शाही/बझाङ्ग — जयपुथ्वी नगरपालिका-१० स्थित बाउली खोलाले बगाएका बालकको एक जना ब्यक्तिले उद्धार गरेका छन्।शनिबार दिउँसो करिब १२ बजेतिर खोलाले बगाउदै गरेको अवस्थामा लाल बहादुर पुन मगरले सेती र बाउली खोलाको दोभानबाट उद्धार गरेका हुन्।

खोला किनारमा साथीसगै खेल्न गएका सुर्मा गाउपालिका का अन्ताजि बर्ष १४ का जयराम बोहोरालाई बाउली खोलाले बगाएको थियो। खोलाले बगाउदै गरेको अबस्थामा पुन मगरले आफू पनि नुहाउँदा खेरी सो बालकलाई बगिरहेको देखेका थिए । बगाउदै गरेको देखे पछि तत्कालै खोलामा हाम फालेका मगरले बालकको उद्धार गर्न सफल भएको स्थानिब्यक्ति रमेश पटेलले बडिमालिका खबरलाई बताए।

खोलामा बग्दै आएको वस्तु नियालेर हेर्दा मानिसजस्तो देखेपछि आफूले खोलामा हाम फालेको मगरले बताए । उनका अनुसार खोलामा मगरले हाम फालेको देखेर वरिपरिका मानिस पनि भेला भइसकेका थिए।

खोलाबाट निकाल्दा पानी खाएर बच्चाको पेट फुलेको थियो। उनलाइ थप उपचारका लागी जिल्ला अस्पताल बझाङ्ग सिमखेतमा उपचार भईरहेको डाक्टर सन्दिप ओखेडाले बताए। उनका अनुसार बच्चालाई खोलाले करिब ६० मिटर बगाएको थियो। उनले भने, ‘समयमै देखेर सकुशल उद्धार गर्न सफल भइयो।’

चर्चामा

सम्बन्धित समाचार