• होमपेज
  • राजनीति
  • क्रियाशिल सदस्यकाे बिषय लिएर नेपाली कांग्रेसका दुई नेता बिच फोनमै चर्काचर्की (अडियाे सहित)

क्रियाशिल सदस्यकाे बिषय लिएर नेपाली कांग्रेसका दुई नेता बिच फोनमै चर्काचर्की (अडियाे सहित)

  • शुक्रबार, साउन २२, २०७८
क्रियाशिल सदस्यकाे बिषय लिएर नेपाली कांग्रेसका दुई नेता बिच फोनमै चर्काचर्की (अडियाे सहित)

बाजुरा — नेपाली कांगेसका केन्द्रिय सदस्य ब्रदिप्रसाद पाण्डे र नेपाली कांग्रेस बाजुरा जिल्ला महाधिबेशन प्रतिनिधि पूणर्बहादुर सिंहबिच क्रियासिल सदस्यको बिषयमा टेलिफोनमा चर्काचर्की भएको छ ।
टेलिफोन कुराकानीको सुरुवातिमा अपरिचित ब्यक्तिसंगको कुरा भए जसरी सुरु भएको कुराकानी अन्त तिर जिल्लाबाट सिफारिस भएर आएका क्रियाशिल सदस्यको बिषयमा चर्काचर्की भएको छ ।
परिचय पछि केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले के हो त्यो ? मलाई त राम्रै लेख्नु भएछ ? भन्ने प्रश्नको गरेका छन् । प्रति उत्तरमा महाधिबेसन प्रतिनिधि पूणर्बहादुर सिंहले मैले के लेखे ? कसैको नाम लेखेर केही लेखेको छैन । पछि पाण्डेले कस्लाई लेखेको को रहेछ बाजुराको नाम बेचेका भन्ने जिज्ञास पछि सिंहले कोही होला केन्द्रिय कार्यालयमा सम्पर्क भएका भनेका छन् । पाण्डेले सिहंलाई फर्जी कागज आफै बनाउने ठुला कुरा गर्ने भनेपछि सिंहले मैले बनाएर कहाँ पठाए जिल्लाको मेलबाट जिल्लाले केन्द्रको मेलमा पठाएको छ मैले कसरी बुुझाए प्रतिउत्तर दिएका छन् ।
म केन्द्रिय सदस्य हु फोरमका नाममा भख्खर छिर्दै हुनुहुन्छ म केन्द्रिय सदस्य भएको १२ बर्ष भयो फाेनमा भनेका छन् । आफुले कुनै फाईल नपठाएको जिल्लाले केन्द्रलाई मेलमा पठाएको सिंहले बताएका छन् । पाण्डेले ५० भोट नल्याउने को हो ? तपाई निर्बाचन आयोग हो कस्लाई लेखेको भन्नु पर्यो भनेका छन् । सिंहले तपाईको नाम लेखेको छु र मैले भनेका छन् । पाण्डेले कांग्रेशमा आउन भ्याको छैन सबै फर्जी कागज बनाउने कांग्रेशमा कहिले आएको भनेका छन । सिंहले म कांग्रेशमा आएको हैन की कांग्रेस हु तपाई भन्दा पहिलाको काग्रेस हु भनेका छन् ।
केन्द्रिय सदस्य पाण्डेले तपाई आफ्नो औकातमा बस्नुहोस दुध उम्लेपछि पोखिन्छ आफ्नो औकात थाहा पाउनुहोस बाजुराको जिम्मा लिने को हो ? पार्टीको महाधिबेसन प्रतिनिधि भएर जे पनि गर्न मिल्छ यो पार्टी हो पार्टी भित्र सिस्टम हुन्छ । आफुलाई फोन कीन नगरेको तपाईले फोन नगरेको कति भयो । फोन भन्दा पनि भेटेर कुरा गरौला फोरमबाट आएको नक्कली फोरमबाट आएको हैन केन्द्रिय सदस्य हुु । मलाई सिकाउनु पर्छ ? मलाई हराउने होे । यस्ता इस्युले हल्लाउन सकीएला ठानेको होला केही हल्लीदैन । छानबीन हुन्छ पाण्डेले भनेका छन् ।
पछि महाधिबेसन प्रतिनिधि सिंहले दुध उम्लेपछि पोखिन्छ त्यो सबैका हकमा लागु हुने हो । औकात सबैले बिर्सनु हुदैन मेरो औकात हुने ठाँउ तपाईको पनि थाहा हुन्छ । म पार्टीको महाधिबेसन प्रतिनिधि हो । पार्टीले नै जिल्लाबाट मैले गरेको कुरामा आफुले फर्जी गरेको कीन भनियो । आफूले फारमहरु जिल्लामा बुझाएको छु । पार्टीले नै बिज्ञप्ती निकालको छ । फोन उठाउनै जरुरी हुन्छ र ? पार्टी कार्यालमा गएर आफ्नो बिरुद्धमा कुरा गर्ने सिंहले बताएका छन् ।
आफू बैधानीक हु केन्द्रिय समितिले नै पास गरेको हो । तपाई सदस्य भएकै टिमले पास गरेको छ । केन्द्रिय सदस्यले हेर्नु पर्ने ? सम्मान पूर्बक बोलेको छु । केन्द्रिय नेतालाई सम्मान गरेको छुु । तपाई हुने केन्द्रिय सदस्य जिल्लाका सदस्य काट्ने जिल्लाका नेताहरुसंग छलफल गर्न नसक्ने जस्ता कुराले चर्काचर्की भएको छ । पछिल्लाे समय क्रियाशिल सदस्यकाे बिषयलाइ लिएर कांग्रेस बिच चर्काचर्कि चलिरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार