जीवनमा के पायौं के गुमायौँ समयले मुल्याङ्कन गरेकैछ,
परदेशीभई कति दुःख पायौँ समयले मुल्याङ्कन गरेकैछ।
बिरानो ठाउँ न बास थियो न गाश नथियो कोई आफन्ति,
कामखोज्न कताकता धायौँ समयले मुल्याङ्कन गरेकैछ।
भन्नलाई त छिमेकिले पनि ए लाहुरे भन्छन आउँदा जाँदा,
लाहुरेबनि कति हण्डर खायौँ समयले मुल्याङ्कन गरेकैछ
चालपाउँने भएपछि आत्म त्याग गरेकैछुँ मैले पनि याँहा,
अरुको दुःख आफै उठायौँ समयले मुल्याङ्कन गरेकैछ।
घाटा नाफाको त कुरै नगरे हुन्छ तिमिले पनि जीन्दगि मा,
बेला बेला आफैलाई ठगायौँ समयले मुल्याङ्कन गरेकैछ।
मुर्दाको बस्तिमा सबैलाई आफ्नै राँको छ मानवता हरायो,
ज्युँदाआत्मले अमृत बर्षायौँ समयले मुल्याङ्कन गरेकैछ
सुरेशकुमार पान्डे।