• होमपेज
  • समाचार
  • महाकालीमा अझै छन् ११ तुइन

महाकालीमा अझै छन् ११ तुइन

  • शनिबार, साउन १६, २०७८
महाकालीमा अझै छन् ११ तुइन

दार्चुला — पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ मा पदभार ग्रहण गरेकै दिन २ वर्षभित्र तुइनमुक्त देश बनाउने घोषणा गरेका थिए। तर दार्चुलावासी अहिलेसम्म पनि तुइनको भरमा महाकाली नदी वारपार गरिरहेका छन्।

दोस्रो कार्यकालमा पनि उनले तीन वर्ष शासन गरे। तर उनको पहिलो कार्यकालको पहिलो निर्णय अहिलेसम्म पूरा हुन सकेन।

सर्वेक्षणअनुसार देशभरी अझै १४ वटा तुइन सञ्चालनमा छन्। जसमध्ये महाकालीमा मात्रै ११ वटा तुइन छन्।

नेपाल सरकारको प्रस्तावमा भारतले ४ स्थानमा झोलुंगे पुन बनाउने अनुमति दिएको थियो। जिल्लाको व्यास गाउँपालिकाको वडा २ मालघाट, वडा ४ मल्घट्या र वडा ६ को बडूगाउँ तथा मालिकार्जुन गाउँपालिका–६ को बाकुमा झोलुङ्गे पुल बनाउन अनुमति दिएको हो।

बडूगाउँको पुल निर्माण अन्तिम चरणमा पुगेको र बाकुमा आधाजति पुल निर्माण भएको छ। शुक्रबार तुइनबाट खसेको घटना भएको स्थानमा पुल निर्माणको कार्य शिलान्यासपछि रोकिएको छ। मालघाट र भारतको पंगाला गस्कु जोड्ने गरी निर्माण हुन लागेको उक्त झोलुंगे पुलको निर्माण ३ वर्षदेखि रोकिएको स्थानीय नरेन्द्र सिंह धामीले बताए।

चर्चामा

सम्बन्धित समाचार