• होमपेज
  • समाचार
  • दार्चुला घटनाको छानबिन गर्न मोर्चाको माग

दार्चुला घटनाको छानबिन गर्न मोर्चाको माग

  • शनिबार, साउन १६, २०७८
दार्चुला घटनाको छानबिन गर्न मोर्चाको माग

देशभक्त जनगणतान्त्रिक मोर्चाले दार्चुला घटनाको छानबिन गर्न माग गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले शनिबार जारी विज्ञप्ति जारी गरी घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न÷गराउन सरकारसँग जोडदार माग गरेका हुन् ।

यही साउन १५ गते बिहान साढे ८ बजे दार्चुलाको व्यास गाउँपालिका, वडा नं. २ स्थित मालघाटबाट सोही स्थान निवासी ३० वर्षीय जयसिंह धामी भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएको बताइएको छ । त्यसपछि उनी महाकाली नदीमा डुबेर बेपत्ता भएको समाचार आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार