• होमपेज
  • समाचार
  • देवघाटमा रेबिजले ४ वटा गाई मरे

देवघाटमा रेबिजले ४ वटा गाई मरे

  • शनिबार, साउन १६, २०७८
देवघाटमा रेबिजले ४ वटा गाई मरे

भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ ।

महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन् ।

मरेका गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको उनले जानकारी दिए । उनले भने, “देवघाटमा मरेका गाईमा रेबिजको लक्षण देखिएकाले त्यस क्षेत्रका २४ वटा गाईमा रेबिजको खोप लगाइएको छ ।”

गाई मरेको खबर पाएसँगै पशु चिकित्सकसहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रेबिजले मरेको पाइएको हो । महानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरी तत्काल ती पशुलाई पाँच डोजको दरले खोप लगाइएको छ ।

सो क्षेत्रमा छाडारुपमा गाई छाडिएका छन् । घरमा पनि गाई पालिएको छ । पुण्यभूमि भएकाले देवघाटमा बसोबास गर्नेले पशुचौपाया पाल्दा गाईनै पाल्ने गर्दछन् ।

उनका अनुसार रामपुर क्षेत्रमा पनि तीनवटा भैँसी मरेको भए पनि ती भैँसीको कारणले मरेका हुन् भन्ने विषयमा भने अध्ययन भइरहेको छ । अन्य क्षेत्रमा भने त्यस्तो समस्या नदेखिएको उनले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार