• होमपेज
  • कला /साहित्य
  • नहुँदा सम्म हाम्रो देश आत्मनिर्भर खतरा रहिरहन्छ।

नहुँदा सम्म हाम्रो देश आत्मनिर्भर खतरा रहिरहन्छ।

  • शनिबार, साउन १६, २०७८
नहुँदा सम्म हाम्रो देश आत्मनिर्भर खतरा रहिरहन्छ।

नहुँदा सम्म हाम्रो देश आत्मनिर्भर खतरा रहिरहन्छ।
जहिले सम्म बिदेशजाने रहन्छ कर खतरा रहिरहन्छ।

एम सीसी फाल्छौं अनि फेरी आर्को आउँछ योजना,
सोंच बिचार न गरेर गर्दा सिङ्नेचर खतरा रहिरहन्छ।

एकता हुनु पर्छ हिमाल पहाड अनि मधेश सधै भरी,
टुक्रिन्छौँ दिनौदिन भन्दै जात र थर खतरा रहिरहन्छ।

लडेका थियौँ मिलेर प्रजातन्त्र प्रेमि तानाशह फाल्यौँ,
गर्न सकेनौ महान शहिद को कदर खतरा रहिरहन्छ।

उब्जाउ जमिन लाई गरेर पलाटिङ चामल किन्नु पर्दा,
बनाए बिदेशीले मण्डि आफ्नै सहर खतरा रहिरहन्छ।

सबै भएकाछन सम्बिधानका बिरोधी कसरी सम्झाउँ,
नियम कानूनको कसैलाई हुँदैन डर खतरा रहिरहन्छ।

नागरिकता ऐन गर्छन खोकलो बिदेशीहरु भर्छनयँहा,
देशका जनताहरु भएकाछन वे घर खतरा रहिरहन्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार