• होमपेज
  • समाचार
  • तुईन तरिरहेका एक पुरुष महाकाली नदीमा बेपत्ता

तुईन तरिरहेका एक पुरुष महाकाली नदीमा बेपत्ता

  • शुक्रबार, साउन १५, २०७८
तुईन तरिरहेका एक पुरुष महाकाली नदीमा बेपत्ता

धनगढी — तुईन तरिरहेका एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। दार्चुलाको ब्यास गाउँपालिका -२ मालमा तुईन तर्ने क्रममा सोही ठाउँका ३५ वर्षीय जय सिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन्।

धामी शुक्रबार विहान गाउँबाट दार्चुला सदरमुकाम जानका लागि भारतको बाटो हुँदै तुईन तर्दै गर्दा बेपत्ता भएका प्रत्यक्षदर्शी जनक सिंह धामीले बताए। प्रत्यक्षदर्शी धामीका अनुसार तुईनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुईन खोल्न लगाउँदा तारले तानेपछि उनी नदीमा हुत्तिएका हुन्।

नेपालतर्फ सडक नभएको हुँदा ब्यास क्षेत्रका स्थानीयहरु खलंगा जानका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तर्नुपर्ने बाध्यता छ। घटनाबारे प्रहरी चौकी दुम्लीङलाई जानकारी गराएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार