• होमपेज
  • समाचार
  • ट्याङ्कर दुर्घटना हुँदा चालक घाइते

ट्याङ्कर दुर्घटना हुँदा चालक घाइते

  • सोमवार, साउन ११, २०७८
ट्याङ्कर दुर्घटना हुँदा चालक घाइते

कैलालीमा ट्याङ्कर दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका -१ मनहरा पुल नजिक ना ७ ख २७४९ नम्बरको खाली ट्याङ्कर दुर्घटना भएको प्रहरीले बताएको छ।

दुर्घटनामा चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका -१ का २३ वर्षीय पुरन देउवा र सह चालक २१ वर्षीय नवीन मल्ल घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरु दुवै जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। प्रहरीका अनुसार ट्याङ्कर सडकबाट १० मिटर तल खसेको थियो।

चर्चामा

सम्बन्धित समाचार