• होमपेज
  • समाचार
  • स्कारपियो जिप दुर्घटना,हुँदा ७ जना घाइते,३ जनाको अवस्था गम्भीर

स्कारपियो जिप दुर्घटना,हुँदा ७ जना घाइते,३ जनाको अवस्था गम्भीर

  • आइतवार, साउन १०, २०७८
स्कारपियो जिप दुर्घटना,हुँदा ७ जना घाइते,३ जनाको अवस्था गम्भीर

कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका –१० पहलमानपुरमा शनिवार राति ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको हो।

छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित स्कारपियोमा सवार ७ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा चालक धनगढी उप महानगरपालिका –१२ मनहेराका ३५ वर्षीय धनराम चौधरी, ३० वर्षीय तुलसी राना र २७ वर्षीय राजकुमार चौधरी रहेका छन्। राजकुमारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने चालकसहित दुई जनाको धनगढीस्थित सिपी हस्पिटलमा उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार