
काठमाडौं — नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सासंसदलाई सपष्टीकरण पत्र पठाएको छ । स्पष्टीकरण पत्र पठाइसकेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
उनले भने, ‘पार्टी अनुशासन उल्लंघन गरेकोले २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको छ ।’ तामाङका अनुसार पत्र लैजाने मान्छे कार्यालयबाट हिँडिसकेका छन् ।
यसअअघि माधव समूहका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र सोध्ने निर्णय गरेको थियो ।
ओली समूहले कारबाही गर्ने तयारी गरेपछि नेपाल समूहले पनि छलफलमा जुटेका छन् ।
