• होमपेज
  • समाचार
  • सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

  • मङ्लबार, साउन ५, २०७८
सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

जनकपुरधाम — सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ ।

बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी बिष्णु गाउँपालिका ८ बत्रौल निवासी किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेका ६० बर्षीय बैरागीको घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

उक्त मठमा पूजारीको रुपमा विगत ४५ बर्षदेखि काम गर्दै आएका बैरागीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार