बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • माधव नेपाललाई यस पार्टीमा स्वागत छैन:अध्यक्ष ओली

माधव नेपाललाई यस पार्टीमा स्वागत छैन:अध्यक्ष ओली

  • सोमवार, साउन ४, २०७८
माधव नेपाललाई यस पार्टीमा स्वागत छैन:अध्यक्ष ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ष्ट आन्दोलनको गद्दार भएको बताए । नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उनले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने रु अध्यक्ष बनाउनुपर्ने अरु’ नेता नेपालले कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको ओलीको आरोप छ । उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ।

चर्चामा

सम्बन्धित समाचार