शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

  • सोमवार, साउन ४, २०७८
मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

 मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, बसामाडी लेवटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार राति हेटौँडा बजारबाट नेवारपानीतर्फ जाँदै गरेको ना २२ प ६७७८ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गर्दा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको र सनाखत हुन भने बाँकी रहेको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार