• होमपेज
  • समाचार
  • नेपालीहरुको सिजनको काम बन्दै सिम्लाका स्याउ

नेपालीहरुको सिजनको काम बन्दै सिम्लाका स्याउ

  • सोमवार, साउन ४, २०७८
नेपालीहरुको सिजनको काम बन्दै सिम्लाका स्याउ

चक्र बहादुर अएडी — स्याउको मुख्य व्यवसायिक क्षेत्र मानिने छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा स्याउ टिप्न जाने नेपालीको संख्यामा बृद्धि भएको छ । नेपाल बाट सो ठाउँमा पुग्न करिव दुई तिन दिन लाग्ने गर्दछ । केहि वर्ष कोरोना संक्रमणका कारण हिमाञ्चल प्रदेशका विभिन्न ठाउँमा जाने रोकिएका नेपाली पुन कोरोना संक्रमण कम हुने वित्तिकै सो ठाउँमा जाने नेपालीहरुको संख्यामा बृद्धि भएको छ । छोटो समयमा धेरै पैसा कमाउने भएकोले त्यस तर्फ नेपाली दाजुभाईहरु जाने गर्दछन । विषेश गरेर अषाढको खेतिपाति सकाएर त्यो विचको खालि समयमा त्यस तर्फ जाने गर्दछन । सो ठाउँमा स्याउ टिप्ने काम मात्र नभएर अन्य जस्तै घर निर्माण , ढुंगा फुटाउने बोक्ने , घाँस काट्ने काम पनि गर्ने गरिन्छ । हिमाञ्चल प्रदेशमा नेपालका पुर्वि क्षेत्रका जिल्ला सल्यान , प्युठान , रोल्पा, जाजगरकोट लगाएतका जिल्ला र पश्चिमका बाजुरा , बझाँग , अछाम , कैलाली , कंचनपुर जिल्लाका मानिसहरु त्यस तर्फ जाने गर्दछन । यो छोटो समयमा धेरै नभएपनि ४०÷५० दिन मात्र कामगरेर दशै दिपावलीको समयमा लगभग ३० देखि ४० हजार सम्म भारु पैसा लिएर आउने गर्दछन । त्यसैले कोहि कोहि नेपालीहरु त आफ्नो घरजम गरेर त्यतै बस्ने गरेको पाईन्छ । पछिल्लो समय नेपालीहरुको छोटो समयमा धेरै पैसा कमाउने गन्तव्यको रुपमा भारतको हिमाञ्चल प्रदेशलाई लिने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार