जनकपुरधाम — तालमा माछा मार्न गएका एक जनाको मृत्यु भएको छ।
सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका युवकको सोही तालमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नगरपालिकाको वडा नम्बर १२ स्थित उक्त तालमा थापासहित ७ जना युवक शनिबार माछा मार्न गएका थिए। अन्य युवाहरु सकुशल रहेकोमा थापा डुबेर वेपत्ता भएका थिए।
वेपत्ता भएका थापाको शव आईतबार साँझ फेला परेको सर्लाही प्रहरीले जनाएको छ।