शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • बाँके कोहलपुरमा एक वृद्धाको शव फेला

बाँके कोहलपुरमा एक वृद्धाको शव फेला

  • आइतवार, साउन ३, २०७८
बाँके कोहलपुरमा एक वृद्धाको शव फेला

बाँकेको कोहलपुर नगरपालिका-११ एकतानगरका एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिए ।

उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए । अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।

चर्चामा

सम्बन्धित समाचार