शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • ११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज

११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज

  • आइतवार, साउन ३, २०७८
११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज

काठमाडौँ — अघिल्लो सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गरेको स्रोतले जनाएको छ ।

अघिल्लो सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो ।

त्यस्तै रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार