शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • बाबुको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

बाबुको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

  • शनिबार, साउन २, २०७८
बाबुको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

प्रहरीले आफ्नै बाबुको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु गाउँपालिका ९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

कमानसिंहको हत्या भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरी टोलीले दुर्गालाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार