• होमपेज
  • समाचार
  • नवदुर्गा आधारभुत विद्यालयका प्रअ स्वगिय बुढाको १५ औदिने पुण्य तिथिको अवसरमा विद्यालय द्धारा श्रदान्जली कार्यक्रम सम्पन्न

नवदुर्गा आधारभुत विद्यालयका प्रअ स्वगिय बुढाको १५ औदिने पुण्य तिथिको अवसरमा विद्यालय द्धारा श्रदान्जली कार्यक्रम सम्पन्न

  • शनिबार, असार १९, २०७८
नवदुर्गा आधारभुत विद्यालयका प्रअ स्वगिय बुढाको १५ औदिने पुण्य तिथिको अवसरमा विद्यालय द्धारा श्रदान्जली कार्यक्रम सम्पन्न

चक्र बहादुर अएडी– त्रिवेणँी नगरपालिका वडा नम्वर ८ मा रहेको श्री नवदुर्गा आधारभुत विद्यालयका प्रधानाध्यापक स्वगिय जन्मजय बुढाको १५ औ दिने पुण्य तिथिको अवसरमा विद्यालयले श्रदान्जली कार्यक्रम को आयोजना गरि सम्पन्न भएको छ ।
शनिवार एक कार्यक्रमका विच स्वगिय बुढाको श्रदान्जली कार्यक्रममा क्रिया खर्च स्वरुप विद्यालय र विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरिएको छ । मृतकका परिवारलाई थोरै भएपनि सोहि विद्यालयले २१ हजार १ सय ५५ , त्रिवेणी नगर स्काउटको तर्फबाट नगर स्काउट संयोजक चन्द्र बहादुर अएडीले ५ हजार रुपैयाँ , नरसिंह आधारभुत विद्यालयका प्रअ नन्दसिंह थापाले ५ हजार सहयोग गर्नु भएको छ ।
त्यस्तै नवदुर्गा आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि नेपालीले २ हजार गरि जम्मा ३६ हजार १ सय ६५ रुपैया स्वगिय बुढाकि धर्मपत्नि राजु बुढालाई सहयोग गरिएको विद्यालयले बताएको छ । श्रदान्जली कार्यक्रममा क्रिया खर्च स्वरुप रकम हस्तान्तरण गर्दै शोकाकुल परिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै समवेदना समेत व्यक्त गरेका थिए ।
नवदुर्गा आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि नेपालीको अध्यक्षतामा संचालन भएको श्रदान्जली कार्यक्रमको संचालन हरि बुढ्थापाले गर्नु भएको प्रअ मान बहादुर साँउदले जानकारि दिएको छ । स्वर्गि बुढाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार