शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ

छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ

  • शुक्रबार, असार १८, २०७८
छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ

भक्तपुर —  १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार