शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • खोलामा डुबेर एक किशोर बेपत्ता

खोलामा डुबेर एक किशोर बेपत्ता

  • बुधबार, असार १६, २०७८
खोलामा डुबेर एक किशोर बेपत्ता

पर्साको पोखरिया नगरपालिकामा खोलामा डुबेर एक किशोर बेपत्ता भएका छन्। पोखरीया–९, शिववर्वाका १४ वर्षीय राजु महतो तत्मा बेपत्ता भएका हुन्।

पोखरीया–७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरीले जनाएको छ। गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा पौने ३ बजे बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन्।

खोजतलासका लागि इलाका प्रहरी कार्यालय पोखरियाबाट ७ जना, विपद् व्यवस्थापन गुल्मबाट प्रहरी निरीक्षकको नेतृत्वमा १३ जना र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएका छन्।

चर्चामा

सम्बन्धित समाचार