बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • विपक्षी गठबन्धन राजतन्त्र फर्काउने दुष्कर्म गर्दैछन् : मुख्य सचेतक भट्टराई

विपक्षी गठबन्धन राजतन्त्र फर्काउने दुष्कर्म गर्दैछन् : मुख्य सचेतक भट्टराई

  • शुक्रबार, असार ११, २०७८
विपक्षी गठबन्धन राजतन्त्र फर्काउने दुष्कर्म गर्दैछन् : मुख्य सचेतक भट्टराई

काठमाडौं : राष्ट्रिय सभाका नेकपा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले विपक्षी गठबन्धन मिलेर देशमा राजतन्त्र फर्काउन थालेको आरोप लगाएका छन् । शुक्रबार फेसबुकमार्फत उनले लोकतन्त्र र अग्रगमनको जामाभित्र शेरबहादुर देउवा,प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरुले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गरेकाले होसियार बन्न आह्वान गरेका छन् ।

बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने धारणा राख्दै भट्टराईले विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको टिप्पणी गरे ।
‘बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन सक्दैन । यद्यपि विपक्षी गठवन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुडाएर लागेको छ ।’उनले भनेका छन् ‘लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ। होसियार बनौं।’

‘संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ ।’ नेता भट्टराईले लेखेका छन्,‘उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ ।’

बिहीबार सम्पादकसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रपतिको आलोचना गर्ने नाममा राजसंस्था र राजाको प्रशंसा गरेका थिए। ‘म नै राज्य हुँ भन्दै प्रधानमन्त्री हिँड्नुभएको छ। बाटा–बाटाबाट मन्त्री टिपेको छ। संवैधानिक निकाय त यति कमजोर छन् कि, त्यतिको कहिल्यै थिएनन्’, उनले भनेका थिए, ‘राष्ट्रपति कार्यालय बदनाम भएको छ। योभन्दा राजा हुँदा शान थियो। अहिले शान, मान, इज्जत केही छैन।’

राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताउँदै भनेका थिए,‘कमसेकम राजाको सान त थियो।’

चर्चामा

सम्बन्धित समाचार