शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट एमाले नेता रोकायाको डडेल्धुरा अस्पतालमा निधन

कोरोना संक्रमणबाट एमाले नेता रोकायाको डडेल्धुरा अस्पतालमा निधन

  • बुधबार, असार २, २०७८
कोरोना संक्रमणबाट एमाले नेता रोकायाको डडेल्धुरा अस्पतालमा निधन

एमाले नेता एवम् खप्तड क्षेत्र पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ। उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कोरोना संक्रमण निको नभएपछि काठमाण्डौ लैजाने तयारी गर्दै गर्दा उनको बुधबार दिउँसो निधन भएको हो।

२ हप्ता अघि संक्रमण पुष्टी भएका रोकायालाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको थियो। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा खप्तड छान्ना गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी समेत रहेका रोकाया खप्तड छान्ना गाउँपालिकामा लोकप्रिय समाजसेवीको रुपमा पनि परिचित थिए।

चर्चामा

सम्बन्धित समाचार