• होमपेज
  • बाजुरा बिशेष
  • खोलाले बगाएर बेपत्ता भएकी बुढिनन्दाकी मोतिकलाको शब फेला पर्याे

खोलाले बगाएर बेपत्ता भएकी बुढिनन्दाकी मोतिकलाको शब फेला पर्याे

  • बुधबार, असार २, २०७८
खोलाले बगाएर बेपत्ता भएकी बुढिनन्दाकी मोतिकलाको शब फेला पर्याे

बाजुरा — बुढीनन्दा नगरपालिकामा सोमबार बिहान गाउँ नजिकैको खोलाले बगाएर बेपत्ता भएकी मोतीकला ल्वारको शब फेला परेको छ । उनको शव खोलाले बगाएको ठाउँबाट करिव ५ किलोमिटर तल काला खोला नजिक फेला परेको प्रहरी निरीक्षक धनदेव साउँदेले बताएका छन ।  बुढिनन्दा नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला ल्वार रहेकी छन् । उनी सोमबार बिहान खोलाले बगाएर बेपत्ता भएकी थिइन् । गाउँमा रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन । बेपत्ता ल्वारको प्रहरीले खोज्दै जादा मंगलबार दिउसो फेला पारेको प्रहरी निरीक्षक साउदले बताएका छन ।
त्यसै गरी त्रिबेणी नगरपालिका वडा न ५ का १२ बर्षिया बालक कमल बुढाको भने अहिले सम्म फेला नपरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार