बिहिबार, असार ४, २०८३
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ पुग्यो

बाजुरामा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ पुग्यो

  • आइतवार, जेष्ठ २३, २०७८
सेयर गर्नुहोस् :
बाजुरामा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ पुग्यो

पछिल्लो २४ घण्टामा बाजुरामा एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ । हिमाली गाउँपालिकाकी ८१ बर्षिया महिला रहेकी छन लामो समय देखी दमको बिरामी भएकी महिलाको शनिबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।

दमको रोगले ग्रस्त भएकी र उनकाे एन्टिजेन बिधीबाट गरीएकाे परिक्षणमा कोरोना संक्रमणबाट मृत्यु भएको बताए । जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको  पन्तले बताएका छन् ।
जिल्ला अस्पताल बाजुराबाट रिफर गरिएका तीन जना कोरोना संक्रमितको मृत्यु संगै मृत्यु हुनेको संख्या ११ पुगेको बताइएको छ ।  तीन जना संक्रमितको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा र ८ जना जिल्लामा नै मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार