
रमेश बहादुर सिह/ बझाङ — केहि दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेकोे अविरल बर्षाका कारण बझाङको बाउलि खोलामा निर्माण हुन लागेको काम अवरुद्ध भएको छ । जिल्लाको जयपूथ्बी नगरपालिका(१० स्थित चैपुरको बाउलि खोलामा आएको बाढीका कारण उत्त काम अवरुद्ध भएको हो । निरन्तरको वर्षातले बझाङमा विभिन्न स्थानमा ठुलो मात्रमा क्षति पुर्याएको छ । बिहीबार राती जयपृथ्बी नगरपालिकाको बाउलि खोलामा आएको बाढीले निर्माण हुन लागेको काम पूर्ण रुपमा अवरुद्ध बनेको छ ।
उक्त बाढीले निर्माण सेवा प्रा लि को खोलामा रहेको गिट्टी बालुवा पलाई बगाइदिएको छ। बगरमा परिणत गरिदिएको छ । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले निर्माण सम्पन्न हुन लागेको काम मा बाधा बनाएको छ । भनेर त्यहाँका स्थानिय गणेश बिकले दुखेसो व्यक्त गरेका छन् । यस्तो विषम परिस्थितिमा वर्षाले जिल्लाको विभिन्न ठाउँका सडकमा पहिरो खस्न थालेपछि सडकहरु अवरुद्ध बन्दै गएका छन् ।
