• होमपेज
  • समाचार
  • सामाजिक सञ्जालमा आलोचना गर्नेहरुप्रति सांसद विकको आक्रोश

सामाजिक सञ्जालमा आलोचना गर्नेहरुप्रति सांसद विकको आक्रोश

  • बिहिबार, जेष्ठ ६, २०७८
सामाजिक सञ्जालमा आलोचना गर्नेहरुप्रति सांसद विकको आक्रोश

अर्थ जङ्ग शाही/बझाङ — प्रतिनिधी सभा सदस्य माननिय आशा विकले आफुमाथी सामाजिक संञ्जालमा गरिएको आलोचनाप्रति आपत्ती जनाएकी छन । विकले आइतबार मात्र काठमाडौंबाट बझाङका लागी ७ वटा अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री पठाएकी हुन । चिन सरकारले अनुदानमा दिएका चार सय सिलिण्डर मध्ये बिकको पहलमा उक्त सिलिण्डर बझाङ पुगेका छन ।
काठमाडौंबाट बाहिरी जिल्लामा भरेको सिलिण्डर पठाउन नमिल्ने र धनगढी वा नेपालगञ्जमा भर्नु पर्ने भएपनि जिम्मेवार ब्यक्ति कोही नभएकाले खाली सिलिण्डर बझाङ पु¥याइएको सांसद विकले बताइन । “काठमाडौंबाट जिल्लाका लागी पठाउने सिलिण्डर धनगढी वा नेपालगञ्ज झार्नेबारेमा जिल्ला अस्पताल बझाङका डा. सन्दिप ओखेडासँग कुरा भएको थियो । उनले जिम्मेवार ब्यक्ति कोही नभएकाले सिधै बझाङ पठाउन र पछी जिल्ला बाटै ब्यबस्थापन गर्ने बताएपछी खाली सिलिण्डर बझाङ पठाएको हो ।” बिकले भनिन् “ कोरोना महामारीले देशमा नागरिकको मृत्यु भइरहेको छ यो अवस्थामा सामाजिक संञ्जालमा गफ दिएर समाज सेवा हुदैन्, अहिलेको यो अवस्थामा बिरामीलाई सहयोग गरे पो समाज सेवा हुन्छ । गफ चुट्नुभन्दा नागरिकका अक्सिजनका लागी सहयोग गर्दा भयो नि ।”
‘काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पु¥याएका सिलिन्डर खाली भेटिए’ भन्दै समाजमा भ्रम सिर्जना गर्न र ब्यक्तिगत इगो साध्नका लागी केही सिमित मान्छेले सामाजिक संञ्जालमा बद्नाम गर्न खोजिएको भन्दै यस्ता भ्रमसहितका सामाग्रीप्रति खेद प्रकट गर्नु भएको छ । बिकले भनिन् “देशभर कोरोना महामारीले आक्रान्त बनेका बेला समन्वय तथा सहयोगको खाँचो परेको वेला उल्टै मान्छेलाई बद्नाम गर्न खोजिएको छ । यो समाज र ब्यक्ति दुवैका लागी ठिक होइन ।”
यता जिल्ला अस्पताल बझाङका प्रमुख डा.सन्दीप ओखेडाले सांसद विक र आफुले सल्लाह गरेर नै खाली सिलिण्डर बझाङ झार्ने सहमती भएको बताउनु भएको छ । “सिलिण्डर बझाङ पुगेपछी जिल्ला अस्पतालको समन्वयमा अक्सिजन भर्नका लागी लैजाने सहमती भएको हो, माननिय ज्यूले पठाएका सिलिण्डर आजभोलि नै भर्नका लागी नेपालगञ्ज पठाउने तयारी भइरहेको छ ।” डा. ओखेडाले बताउनु भयो । गएको आइतबार उहाँले स्वास्थ्य विभाग टेकुबाट ४० लिटर क्षमताका ७ थान सिलिण्डर, इन्फ्रारेड थर्मोमिटर १० थान, गाउन २०० थान, एन ९५ मास्क २०० थान, सर्जिकल मास्क २ हजार थान, पञ्जा १२ जोर, गमबुट १२ जोर, सेनिटाईजर २० लिटर, फेस सिल्ड १०० थान पठाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार