• होमपेज
  • समाचार
  • पत्रकार लाई मास्क बितरण

पत्रकार लाई मास्क बितरण

  • मङ्लबार, जेष्ठ ४, २०७८
पत्रकार लाई मास्क बितरण

रमेश बहादुर सिह/ बझाङ — जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछी किसान लघुवित्त वित्तिय संस्था लिमिटेड खप्तड छान्ना गाँउपालिका शाखाले मास्क सहयोग गरेको छ । जिल्लामा कार्यरत पत्रकारहरुको स्वास्थ्य लाई मध्येनजर गर्दै सदरमुकाम चैनपुरमा रहेका संञ्चार माध्याममा कार्यरत पत्रकार तथा संञ्चारकर्मिहरुका लागी मास्क सहयोग गरेकाे हाे ।
सदरमुखकाम कोरोना महामारीकाे हटस्पट बन्दै गएका कारण कोरोना जोखिम बढी भएको र पत्रकारहरुले महामारीमा पनि सुचना तथा समाचार संकलनकाे क्रममा फन्ट लाईनमा रहेर सम्प्रेसण गर्नका लागी जोखिम मोल्नु पर्ने भएका कारण नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिती बझाङका सचिव ललित हादुर सिंहकाे समन्वय मार्फत मास्क वितरण गरिएको हो । किसान लघुवित्त बितिय संस्था खप्तड छान्ना प्रमुख प्रभुजङ्ग बहादुर सिंहको आर्थिक सहयोगमा माक्स वितरण गरिएको सचिव ललित हादुर सिंहले बताए ।
जिल्ला शाखा बझाङका सचिव सिंहले आगामी दिनहरुमा कोरोनाबाट पभावित पत्रकारहरुका लागी निशुल्क उपचारको ब्यबस्थापनमा पहल, स्वास्थ्य सुरक्षाका सामाग्रीको ब्यबस्थापनका लागी केन्द्र तथा प्रदेशमा गठन भएका पत्रकार महासंघ संग समन्वय गरी पत्रकारहरुका लागी जोखिम जिवन वीमाका लागी पहल थाल्ने बताएका छन । पत्रकार राज्यको चौथो भएपनि राज्यले पत्रकारहरुका लागी सोच्न नसक्नु दुःखद कुरा भएको बताउदै सचिव सिंहले आगामी दिनमा पत्रकारहरुको हकहितका लागी आफुले आवाज उठाउने समेत बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार