बाजुरा — बाजुरा जिल्लाकाे तल्लाे क्षेत्रमा परेकाे अशिना पानीले लाखौं क्षेति गरेकाे छ । बाजुराको तल्लो भेगमा अाज दिउँसो साढे ४ बजे तिर परेको पानिले लाखौं क्षेति गरेको स्थानिय मदन थापाले बताएका छन। पानिसंगै अाएको असिनाले तरकारी बाली पाक्न लागेको गहुँ बालिमा लगायतकाे बाली नष्ट गरेकाे छ । पाक्न लागेकाे बाली अशिनाले बगाउदा किशानहरू चिन्ती भएका छन ।
यो किसानको लागि सहि नसक्नु पीडा जस्तै बनेको छ। बाजुरा उसै पनि भाेकमरी हुने जिल्लाकाे रूपमा रहेकाे र पाक्न लागेकाे बाली अशिनाले सखाप बनाउदा स्थानियलाइ भाेकमरी हुने चिन्ता थपिएकाे स्थानियले बताएका छन ।
त्यसै गरी बर्षाका कारण साँफे मार्तडी सडक खण्ड अबरोध ताँप्राखोलाको बाहाप बढ्दा करिब २५ रोपनि बराबर गँहु बाढिले छापेको स्थानीय थापाले बताएका छन ।