• होमपेज
  • समाचार
  • रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु

  • शुक्रबार, बैशाख १७, २०७८
रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु

बुटवल– रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको हो । चट्याङबाट उनकी आमालाई पनि सामान्य चोट लागेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका पुनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार