भन्थे बार्जिल पछि पानीको खानी त्यो हाम्रै देशहो,
गुलाम भैन कैहिलैई बहादुर ठानि त्यो हाम्रो देशहो।
अहिले गाउँ घरमा कोरोनाको कहर हुँदा पनि हेरन,
पिउनलाई समेत प्रसस्तै छैन पानी त्यो हाम्रै देशहो।
युवाहरु बिदेशमा छैनन मर्दा मलामी बिहेको जन्ती,
नेताहरुले सदियौँ गर्छन मनो मानी त्यो हाम्रै देशहो।
बिदेशमा गएर आर्काको टायलेट सफागरे पनि यँहा,
उँच निचका कुरा गर्छन छानि-छानी त्यो हाम्रै देशहो।
साम्राज्यवाद हाम्रो घरको धुरी सम्म पुगि सक्दा पनि,
मान्ने भैनन नेताहरुले नि कत्ति हानी त्यो हाम्रै देशहो।
सदियौँ परनिर्भर तर आफ्नै देशकै गर्छन ठेक्का,बट्टा,
न बिकाश न कत्ति कतै पुँजी लगानी त्यो हाम्रै देशहो।
एक सए चार बर्ष राणा अनि बत्तिस बर्ष राजाहरु ले,
राज गर्दैछन अहिले उस्तै राजा रानी त्यो हाम्रै देशहो।
अहिले फेरी एम सीसी ले मारा मार देशमा सेते भन्छ,
खिशि दिदै फर्शि ल्याउँने खानदानी त्यो हाम्रै देशहो।
सुरेशकुमार पान्डे।